२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा । झापाको मेचीनगर नगरपालिका–९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर सोही स्थानका ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ ।खेतमा पानी मिलाउने क्रममा आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । सोमबार बेलुका ५ः४५ बजेको समयमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो ।

मृतक थपलियाको मेची अञ्चल अस्पतालमा शवपरीक्षणपछि मंगलबार दाहसंस्कार गरिएको छ । ११ महिनाअघि मात्र मृतकका दाजु गङ्गा थपलियाको पनि करेन्ट लागेरै मृत्यु भएको थियो ।स्थानीयवासी जानुका ओलीका अनुसार उनको पनि आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी खेतमा पानी लगाउने क्रममा मृत्यु भएको हो । रासस