दमक अचाक्लि भिड, मध्यरातीसम्म होटलमा भिडभाड र पाटि
विष्णुप्रसाद पोखरेल
दमक/ अहिलेपनि देशमा दैनिक रुपमा कोरोना संक्रमितहरु थपिदै गएकाछन् । सरकारले अप्ठेरो अझै नटरेको बताउदै आएको छ । लकडाउन खुकुलो बनाएपनि पुर्ण रुपमा खुलेको छैन । उच्च सावधानी अपनाउन बारम्बार आग्रह गर्दै आएको छ । तर यस्तो आग्रहको वेवास्था हुँदै आएको छ ।
होटलहरुलाई पुर्ण रुपमा खुलाएको छैन । विक्री गर्न अनुमति रहेको छ तर होटलमा बस्न तथा समुहमा भएर खानपीनमा प्रतिबन्ध नै रहेको अवस्था छ । यस्तो अवस्था रहेपनि दमकमा पछिल्लो केहि दिन यता होटलहरुमा अचाक्लि भिड बढेको छ । साँझदेखि मध्यरातसम्म होटलहरु खुल्न थालेकाछन् ।
दमकमा १० जनामा कोरोना संक्रमण देखिएको छ । झापामा ३ सय कोरोना संक्रमित कटेकाछन् । भारतसंग सिमा जोडिएको झापा अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो । यहाँ होटल, पसल तथा बजारमा खास सावधानी पनि अपनाईएको छैन । यस्तो अवस्थामा कोरोना संक्रमणको भय छ ।
स्वतस्फूर्त रुपमा होटलहरु खुल्न थालेकाहुन् । होटलहरु खुलेपछि उपभोक्ता र ग्राहक पनि ओइरीन थालेको जनाईन्छ । लामो समयपछि बल्ल यो अवसर जुट्यो र जम्न पो थालियो, होटलमा साँझ भेटिएका एक ग्राहक साथीभाईसंगै फुर्ति लगाउदै भनिरहेका थिए । अधिकाँश होटलहरुमा कुनै सावधानी अपनाएको पाईएको छैन ।
