लायन्स क्लव अफ दमक गोल्ड र लियोले गरेको रक्तदानमा १०४ पीन्ट रगत संकलन
दमक/ लायन्स क्लव अफ दमक गोल्ड र लियोले झापाको दमकमा हिजो गरेको रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेकाछन् । दमक रेडक्रस सोसाइटी उपशाखा दमकमा भएको रक्तदानमा एकैदिन यति धेरैले रक्तदान गरेको क्लवका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्याम तिम्सिनाले बताए ।
क्लवका अध्यक्ष रिङकुमा्र आचार्यले आफ्नो पहिलो बैठकबाट नै रक्तदानलाई बिशेष प्राथमिकता सहित कार्यक्रम बनाएका थिए । सोहि अनुसार हेरक सदस्यले रक्तदाता खोजेर ल्याउने र रक्तदानमा ब्यापाक सहभागिता जुटाउने निर्णय भए अनुसार सफल भएको आचार्यले जनाए ।
कार्यक्रममा लायन्स लिडरहरुको पनि उपस्थिति रहेको थियो । बबरजंग थापा, कोमल शाक्य, पवन अधिकारी,दिवस राई लगायतले शुभकामना दिएका थिए । दमक होलसेल ब्यवसायी संघ र जुत्ता चप्पल ब्यवसायी संघले पनि रक्तदानमा सहयोग पुर्याएको क्लवका सचिब नन्दकुमार राईले बताए ।
