दमकमा बैकले ॠणिलाई दिनसम्म दुख दिदै ! ब्याजदर आफुखुसि बढाएर ॠणिलाई ठग्दै गरेको पनि रहस्य खुल्यो
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा केहि बैकहरुले यहाँका ब्यवसायीहरुलाई दुख दिने गरेको पाईएको छ । दमकको एक बैकले दमकका एक ब्यापारीले ॠण तिरेर समेत जग्गा फुकुवा गर्न भन्दा गर्न अटेर गरेको रहस्य खुलेको छ ।
आफुले ब्याजमा मनपरी गर्ने र अर्को सस्तो ब्याजदरमा जान खोज्दा यस्तो अप्ठेरोमा पार्ने गरेको रहस्य खुलेको हो । दमकको सिद्धार्थ बैकमा दमकका एक प्रतिष्ठित ब्यापारीलाई नै यो समस्या परेको पाईएको छ ।
यता एनआइसि एसिया बैक दमकले ॠणिसंग तोकिएको भन्दा बढि ब्याज लिएको बिषय दमक उद्योग बाणिज्य संघसम्म पुगेपछि उक्त बढि ब्याज नलिने शर्तमा यो घटना सामसुम बनाईएको पाईएको छ ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बैकमा गएर यसरी ब्यवसायीले नठग्न चेतावनी दिएका थिए । पीडितसंग उनि स्वयं बैक गएर यस बिषयमा जानकारी पनि लिएको जनाईएको छ ।
बैकले तत्कालै उनको ब्याज घटाएको जनाईएको छ । दमकमा यस्ता घटनाहरु धेरै रहेको पाईएको छ । केहि ब्यवसायीहरुले बैकले गरेको ज्यादती र आफुसंग पैसा बढि लिएर पछि फिर्ता गरेको बताएकाछन् ।
बैकर्स एशोसियसन दमकका अध्यक्ष एवं नबिल बैक दमक शाखा प्रवन्धक राजन बस्नेतले ॠण लिँदा राम्ररी बुझेर लिन र नबुझेको अवस्थामा बुझाइ माग्न अनुरोध गरेकाछन् ।
उनले बैकहरुले सहज रुपमा सेवा दिनु पर्ने र दिइने जनाउदै राष्ट्र बैकको निर्देशन बिपरीत गर्नेलाई कार्वाही हुने जनाए । कोहि ऋणिलाई अन्याय भएको भए र ठगीएको महसुस भएमा न्याय माग्न सक्नुहुन्छ, उनले भने ।
