२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक चोक संगम स्विट्स नजिक यस्तो बर्षादको समयमा ढल निर्माण शुरु भएको छ । असारको अन्तिम समयमा खाल्डो खनेर यस्तो बर्षामा निर्माणको काम शुरु भएको छ । स्थानीय सरकारले यो कार्य रोक्न खोजेपनि सडक डिभिजन कार्यालय दमकले अटेर गरेको बताईन्छ ।

देख्ने जो कोहिले पनि अचम्म मान्ने गरी काम शुरु भएको छ । एकातिर सडकमा ठुलाठुला भवाङ छन् । केहि दिन अघि टालेजस्तो गरेको फेरी उकिएर उस्तै भएको छ । सडकको कार्य देखेर सबै अचम्मित बन्न थालेकाछन् । बजेटको बेहाल होला की भन्ने चिन्ता बढेको छ ।