तत्काल विद्यालय तथा क्याम्पस नखुल्ने, सार्वजनिक यातायात तथा हवाई उडानहरु शुचारु हुँदै
दमक/ संघीय सरकारको मन्त्रिपरिषद बैठकले तत्कालै देखि सावधानी अपनाएर सार्वजनिक यातायातका सवारी साधनहरु खुला गर्ने निर्णय गरेको छ । जोरबिजोर प्रणाली पनि अब हट्ने भएको छ ।
सरोकारवालाहरुको दबाब र कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि अब जनजीवनमा सहजता ल्याउन यस्तो निर्णय भएको बताईएको छ ।
भदौ १ गतेदेखि नै आन्तरिक तथा बाह्य हवाइ उडानहरु पनि शुचारु हुने भएकाछन् । यद्यपी बिद्यालय तथा क्याम्पसको बिषयमा भने निर्णय भएको छैन ।
तत्कालै बिद्यालय तथा क्याम्पस खोल्ने बिषयमा कुनै निर्णय भएको छैन, एक मन्त्रिले भने ।
