२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापाको बुद्धशान्ति ७ मोदीडाँडामा मंगलबार राति पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ । तीन जना सामान्य घाइते भएका छन् ।

गएराति करिब १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाहुना आएका मेचीनगर ९ मागुरमाडीका १५ वर्षीय विवेक दर्नालको ज्यान गएको वडाध्यक्ष मातृका पौडेलले जानकारी दिए । उ

नी एक साताअघि मामाघर आएका थिए ।उनको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

पहिरो खस्दा सो घरमा सात जना रहेका थिए ।पहिरोको कारण सोही ठाउँका थप दुई घर जोखिममा रहेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।