२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ पत्नीको विभत्स हत्या गर्ने पूर्व डिआइजी रञ्जन कोइरालालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले गरेको फैसला र एसिड प्रकरणको बिषयमा दमकमा शान्तिपुर्ण प्रर्दशन भएको छ । शनिवार साँझ भौतिक दुरी कायम राखेर किशोरी तथा महिला मानवअधिकारकर्मी र त्यसमा युवाहरुले समेत साथ दिएका थिए ।

आफ्नो शरिरमा अरुकोअ अधिकार नहुने, कस्तो कपडा लगाने भनेर अरुले निर्धारण गर्ने होइनजस्ता बिषयहरुका प्लेकार्ड सहित किशोरीहरु आधाघण्टाभन्दा बढि समयमा सम्म गणतन्त्र चोकमा प्रर्दशनमा उत्रेका थिए । नाराहरुले त्यहाँ देख्नेहरुलाई निक्कै भावुक बनाएको थियो ।

यहाँ  केहि किशोरीहरुले सिम्बोलिक रुपमा एसिड प्रहार भएको भान हुने गरी अनुहारमा रातो पातेर प्रतिकात्मक रुपमा पीडा देखाएका थिए । जसले पछिल्लो समयमा महिलामाथि भएको एसिड आक्रमणको बिषयमा राज्य तथा समाजको ध्यानकर्षण गराएको थियो ।

सामाजिक सञ्जालमा भएको आह्वानपछि स्वतस्र्फुत रुपमा यो प्रर्दशन भएको पनि जनाईएको छ । अदालतको पछिल्लो निर्णयको बिषयमा जनमानसमा आक्रोश रहेको छ । श्रीमतिको हत्यरालाई पहुँच र आर्थिक प्रलोभनमा अदालतले रिहा गरेको आरोप लागेको छ ।