२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देख त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकको मुख्य चोकमा महेन्द्र राजमार्गमा नै सडकमा निक्कै ठु्ला भ्वाङहरु परेकाछन् । कहिलेकाहि टालेजस्तो गर्ने गरेपनि सडकको अवस्था बेहाल नै देखिन्छ । अझ गणतन्त्र चोक जेसिज मार्ग छिर्ने बाटोमा नै त झनै अवस्था भयाभह रहेको छ । जुन सडक कार्यालयको सामुन्नेमा नै रहेको छ ।

यस्तो अवस्था भएको महिनौ भएको छ । पहिला सानासाना खाल्डा रहेका थिए । अहिले पोखरी नै बन्ने अवस्था पुगेको छ । तर पनि किन ध्यान गएको छैन ? अचम्म लाग्दो रहेको छ । दिनहु सडकका हाकिम देखि लिएर इन्जिनियर तथा कर्मचारीहरु यो सडकमा हिडछन् । के उनिहरुले देखेका छैनन त ?

यता दमक गणतन्त्र चोकबाट लाइफलाइन हुँदै जाने बेलडाँगी रोडको तीन ठाँउमा सडकको हाल उस्तै रहेको छ । भृकुटी चोकको चौबाटोमा सडकको हालत रहेको छ । त्यहाँबाट अलि वर अर्थात लाईफलाइन जाने र नयाँ शब्जि बजार जाने सडक छुट्ने ठाँउमा पनि सडकको कन्तबिजोग बनेको छ ।

सोहि सडकमा फिजियो थेरापी सेन्टर अर्थात चेम्बर अफ कमर्स दमकका अध्यक्ष राजेन्द्र ढकालको घर अगाडि पनि सडक भत्केर बेहाल अवस्था बनेको छ । पहिला निक्कै साना खाल्डाहरु अहिले पोखरीमा परिणत भएको अवस्था छ । यसले दुर्घटनाको जोखिम धेरै नै बढाएको छ ।

के ठुलो दूर्घटना नभएसम्म सरोकारवाला निकायको ध्यान नजाने हो ? सडक अवरोध गरेर लाठि मुङ ्ग्रि गरेपछि मात्र सडक मर्मत सम्भार हने हो ? गम्भिर प्रश्न उठेको छ । होइन भने किन सामान्य रुपमा सडक बिग्रदा बनिदैन । वा अलि धेरै बिग्रेपछि ठेक्क दिँदा बढि कमिसन आउने भएर हो ? यो जवाफ उपभोक्ताहरुलाई दिन जरुरी छ ।

दमकको सडकको यो हाल ! देखिन्छ बेहाल । ठुलो दुर्घटना हुनु अघि नै ध्यान जाओस ।

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Tuesday, 28 July 2020