२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । होम क्वारेन्टाइनमा रहेका एक ब्याक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दमकको वडा नम्बर ५ की ४३ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ । यो संगै दमकमा कोरोना संक्रमित हुनेको संख्या ११ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ।