२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाण्डु, २१ साउन– सरकारले भोलि (बिहीबार) देखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

यो प्रणाली निजी तथा सार्वजनिक दुवै सवारीमा लागू हुनेछ । यसअघि लकडाउन हटेसँगै गत २६ असारबाट जोरबिजोर प्रणाली पनि हटेको थियो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोभिड–१९ महामारीको खतरा बढेकाले जोरबिजोर लागू गरिएको बताए ।

मंगलबार प्रधानमन्त्री केपी ओलीले डाकेको छलफलमा विज्ञहरुले जोरबिजोर प्रणाली लागू गर्न सुझाएका थिए ।