मन्त्रि हिक्मत कार्की सेल्फ क्वारेन्टाइनमा
दमक/ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्की सेल्फ क्वारेन्टाइनमा बसेकाछन् । उनले आफू सेल्फ क्वारेन्टाइनमा बसेको जनाउदै आफुसंग केहि दिनयता सम्पर्कमा आएका सबैलाई पीसीआर जाँच गर्न पनि अनुरोध गरेकाछन् ।
केहि दिन अघि काठमण्डौमा प्रदेश २ का आन्तरिक मामिला मन्त्रिसंग बैठकमा संगै बसेको र उनलाई कोरोना पोजेटिभ देखिएपछि मन्त्रि कार्कीको पनि स्वाव संकलन गरेर जाँचका लागि पठाईएको बताईन्छ । त्यो रिर्पोट नआएसम्म मन्त्रि कार्की सेल्फ क्वारेन्टाइनमा रहेकाहुन् ।
कार्कीको सचिवालयले यस बिषयमा प्रष्टाएको छ-
प्रदेस सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मतकुमार कार्की सरकारी कामको शिलशिलामा केही दिन काठमाडौ जानू भएको सबैमा विधितै छ । काठमाडौ बसाईका क्रममा विभिन्न मन्त्रालयहरुमा बैठक छलफल गर्नु भएको थियो । प्रदेश सभा बाट प्रदेश प्रहरी सम्बन्धी ब्यवस्था गर्न बनेको विधेयक पास भएको परिपेक्षमा नेपाल प्रहरीलाई प्रदेश प्रहरिमा समायोजन गर्ने ऐनको प्रावधानलाई कार्यान्वयन गर्नका निम्ति सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलिको विषेश उपस्तिथिमा गृहमन्त्री माननिय रामबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु,गृह सचिव महेश्वर नेउपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रि, गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य सहितको उपस्तिथिमा साउन १४, २०७७ मा बैठक बसेको थियो । उक्त बैठकका सहभागी एवम प्रदेश सरकार प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय ज्ञानेन्द्र यादव कोभिड १९ को परिक्षणका क्रममा उहा संक्रमित हुनुभएको जानकारी उहाको सचिवालय मार्फत प्राप्त भएको छ। उहाँ अहिले आफ्नै निवासमा आराम गरिरहनु भएको र अहिले सम्म कुनै लक्षण नदेखिएको सचिवालयले जानकारी दिएको छ। उहाको सुरक्षार्थ खटिएका सुरक्षा कर्मिमा समेत संक्रमण देखिएको छ। माननीय मन्त्रीज्यु र उहाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुको समेत शिग्र स्वास्थ्य लाभको कामना सचिवालयका तर्फबाट गर्दछु। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री मा. हिक्मतकुमार कार्कि समेत उक्त बैठकमा सहभागी हुनुभएको हुँदा संक्रमणको संभावना रहन सक्छ भनेर चासो देखाउनु हुने सम्पुर्ण शुभेच्छुकहरुलाई सचिवालयका तर्फ बाट कृतज्ञता ब्यक्त गर्दछु। र अहिले सम्म माननियज्युको स्वास्थमा त्यस्तो कुनै पनि संक्रमणको लक्षण पनि नदेखिएको ब्यहोरा जानकारी गराउदछु । परिक्षण सम्बन्धी मापदण्ड बमोजिम PCR परिक्षण गरि यसको जानकारी गराईने छ।तथापि कोभिड १९ को भाईरसको संक्रमणका सम्बन्धमा यस्तै हुन्छ भन्ने अवस्था नरहेको हुँदा माननीय मन्त्रीज्यु सङ २०७७ साल साउन १६ गते यता भेटघाटमा रहनु भएका सम्पुर्ण लाई पनि सतर्क रहन र केही लक्षण देखिए स्वास्थ्य सस्थाको सम्पर्कमा आउन हुन पनि अनुरोध गर्दछु।
कमल पौडेल
प्रमुख स्वकिय सचिव
