२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रिको कोरोना जाँच नेगेटिभ आएको छ । पीसीआर जाँचमा रिर्पोट नेगेटिभ आएको हो । एउटै बैठकमा सहभागि प्रदेश २ का समकक्षिलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रि कार्की एकान्तबासमा रहेका थिए ।

मन्त्रि कार्कीको सचिवालयले यस बिषयमा दिएको जानकारी-

कन्ट्याक्ट् ट्रेसिङका आधारमा हिजो आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मतमुमार कार्की, उहाँको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, सचिवालय र मन्त्रालयका कर्मचारीहरुको PCR परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा परिक्षण भई उहाँ लगायत सम्पुर्णको रिपोर्ट नेगेटिभ आएको छ। अहिलेसम्म माननीय मन्त्रीज्यु आफ्नै निवासमा एकान्तवास बसिरहनु भएको छ। र उहाँको स्वास्थ्य सामान्य रहेको समेत जानकारी गराउँदछु। माननीय मन्त्रीज्यूको स्वास्थ्यका सम्बन्धमा चासो राखी सुस्वास्थ्यको कामना गर्नु हुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु। साथै स्वाब संकलन तथा परिक्षण एवम व्यवस्थापनमा खटिने सम्पुर्ण स्वास्थ्यकर्मी एवम रास्ट्रसेवक कर्मचारीहरुप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु। सरकारद्वारा जारी गरिएका स्वास्थ्य तथा सुरक्षा सम्बन्धि मापदण्ड पालना गरि कोरोनाको संक्रमण बाट जोगिन सम्पुर्ण प्रदेश वासी दिदिबहिनी तथा दाजुभाइमा हार्दिक अनुरोध गर्दछु।
कमल पौडेल
प्रमुख स्वकीय सचिव