२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखि त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/  पत्रकार ज्यू, दमकमा लकडाउन कहिलेदेखि हुने रे ? भोलीदेखि लकडाउन भन्छन् नै कुरा के हो ? दमकमा ब्यापारी तथा सामाजिक अगुवाहरुको प्रश्न यस्तै हुने गरेको छ । झापामा कोरोना संक्रमण समुदायसम्म आएपछि कतिपय स्थानीय तहले लकडाउन घोषणा गरेर आवतजावतमा कडाइ गरेको अवस्था रहेको छ ।

दमक यस्तो नगर बनेको छ जहाँ कोरोना ंसंक्रमण पहिलो पटक देखियो । त्यो पनि समुदायमा । त्यसपछि  अहिलेसम्म समुदायमा देखिएको छैन । त्यहि भएर हुनसक्छ हेल्चेक्राइ धेरै नै देखिएको छ । न माक्सको प्रयोग भएको देखिन्छ न त सुरक्षा सावधानी अपनाएको नै पाईन्छ ।

सडकमा सिटी तथा टेम्पोहरुमा मानिस कोचाकोच बोकेको भेटिन्छ । अस्पतालभित्र पस्यो भने त्यहाँको ओपीडिमा देखिएको भिड उस्तैछ । मालपोत तथा नापीमा भिड घटेको छैन । यसले गर्दा दमक कोरोनाको उच्च जोखिममा परेको छ । विहान देखि मध्यरातसम्म दमक खुला रहन्छ ।

नगरपालिकाले सार्वजनिक सूचना गर्दै अनाआवश्यक बाहेक घरबाहिर ननिस्कनका लागि भनिरहेको छ । तर टेर्ने कस्ले ? उल्टै नगरपालिकाले कोरोना रोक्न प्रयास गरेको छैन भन्दै आफै लखरलखर हिड्ने कार्य भइरहेको छ । यसले जोखिम बढेको छ । त्रास पैदा भएको छ ।

हामी आफु आफ्नै कारणले असुरक्षित बनिरहेकाछौ । अरुलाई दोश दिने आफु आफ्नो कर्तब्य पालना नगर्ने गरेकाले जोखिम बढ्दो रहेको छ । समुदायमा कोरोना संक्रमण फैलन नदिनका लागि हामी सबै जिम्मेवार बन्न आवश्यक छ । स्वास्थ्य सुरक्षा अपनाउन जरुरी छ ।