दमकमा ‘मास स्क्रिनिङ’, नेतादेखि ब्यवसायीसम्मको स्वाव संकलन
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा पहिलो पटक जोखिम पहिचान भएकाहरुको तथा अग्रभागमा रहने राजनीतिक तथा ब्यवसायिक ब्याक्तिहरुको स्वाव संकलन भएको छ । दमकका राजनीतिकर्मीहरु, उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, दमकस्थित शब्जि बजारका ब्यापारी लगायतको एकै पटक स्वाब संकलन भएको हो । यसमा जनप्रतिनिधिहरु पनि रहेकाछन् ।
दमकमा कोरोना सक्रमण समुदायमा फैलिए नफैलिएको भन्ने यसबाट पनि थाहा हुन सक्ने बताईन्छ । सबै क्षेत्रका अगुवा तथा फ्रन्ट लाइनमा काम गरिहेकाहरुको स्वाव संकलन गरिएको छ, नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दमकस्थित होटल क्वारेन्टाइन तोकिएको पाथिभरा होटल एण्ड पार्टी प्यालेसमा शनिवार राजनीतिकर्मी गगन पुरी लगायतले स्वाब परीक्षणका लागि दिएकाछन् । यसैगरी वडा नं.७ का वडाध्यक्ष भीम पौड्यालको पनि स्वाव संकलन भएको छ ।
दमकको शब्जि बजारका केहि ब्यापारीहरुको स्वाव संकलन गरीएको छ । दमकको सबै क्षेत्र समेटिएको छ र यो कार्य निरन्तर रहने पनि बताईएको छ । यसैगरी केहि पत्रकारहरु पनि यसमा समेटिएकाछन् । दमकमा अहिलेसम्म समुदायमा कोरोना संक्रमण फैलिएको छैन ।
यसभन्दा अघि दमक नगरपालिकाका कर्मचारीहरुको पनि स्वाव संकलन भएको थियो । सबैको रिर्पोट नेगेटिभ आएको थियो । झापामा बिभिन्न स्थानीय तहहरुले लकडाउन गरेको भएता पनि दमकमा पनि अवस्था सामान्य रहेको छ । लकडाउन पनि गरिएको छैन ।
