दमकमा समुदायमा कोरोना संक्रमण फैलिन्छ की भन्ने चिन्ता
दमक/ झापाको दमकस्थित नीजि अस्पताल दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एक कोरोना संक्रमित शशस्त्र प्रहरी उपचारमा गएको पुष्टि भएसंगै दमकमा समुदायमा कोरोना संक्रमण फैलिन्छ की भन्ने त्रास पैदा भएको पाईएको छ । प्रमाणित कुरा भन्दा अनर्गल कुराहरुले दमकमा त्रास फैलिएको छ ।
स्वाब परीक्षणको रिर्पोट आउनु अगावै मनगढन्ते रुपमा सख्या तोकेर कोरोना पोजेटिभ भेटिएको भन्दै हल्ला हुने गरेको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दमकमा दूई दिन यता कसैमा पनि थप कोरोना पोजेटिभ पुष्टि भएको छैन ।
दमकमा केहि भिड भने कमी भएको देखिएको छ । दूइदिन यता भिड केहि कमी भएको हो । गौरादह, कन्काई लगायतका क्षेत्रहरुमा आँशिक रुपमा लकडाउन कायम रहेको छ । उर्लाबारीमा पनि लकडाउन गरिएको छ ।
