दमक हस्पिटल र दमक अस्पताल नाम मिल्दा भ्रम सिर्जना, सरकारी दमक अस्पताल खुल्लै छ
दमक/ झापामा एउटा नीजि र अर्को सरकारी अस्पतालको नाम जुध्दा समस्या भएको छ । दमक हस्पिटल र दमक अस्पताल नाम उस्तै रहेको छ । पहिला स्वास्थ्य बिमा लागु हुँदा सरकारी दमक अस्पतालमा लागु भएको थियो ।
तर मानिसहरु झुकिएर दमक हस्पिटल पुग्ने गर्थे । अहिले भने दमक हस्पिटलमा पनि स्वास्थ्य बिमा लागु भएको छ । यसले सर्वसाधरणलाई भने केहि सहज भएको छ ।
पछिल्लो समयमा दमक हस्पिटलमा एक कोरोना संक्रमित उपचारमा आएका थिए । त्यसपछि नीजि उक्त हस्पिटल आउजाउमा रोक लागेको छ । तर सरकारी दमक अस्पताल भने शुचारु रहेको छ । यसमा सर्वसारधणहरु झुक्किएकाछन् ।
