२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा साँझदेखि विहानसम्म हिडडुलमा प्रतिबन्ध लगाईएको छ । यसलाई कडाईका साथ पालना गराउने पनि बताईएको छ । यद्यपी यसभन्दा अगाडि दमकमा लकडाउनको नै पालना नभएका कारण यो कार्यन्वयनमा चिन्ता प्रकट गरिएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले यो नगरपालिकाले कार्यन्वयन गराउने भन्दा पनि सबै नगरबासीले कार्यन्वयन गर्नु पर्ने बताए । संक्रमण फैलन नदिनका लागि हामी सबैले यो निर्णय पालना गर्नु पर्छ र सबैले गर्नेमा विश्वाछ, उनले भने ।

हाल मुलुकका बिभिन्न स्थानमा फैलिरहेको कोरोना भाईरसको संक्रमण तथा नियन्त्रणका लागि यो निर्णय भएको हो, नगर प्रमुख ओलीले भने । अकोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समितिले नै यो निर्णय गरेको हो ।

अत्यावश्यक काम नपरी घरवाहिर कसैले हिँडडुल गर्न नपाउने, बेलुका ६ बजे देखि विहान ६ बजे सम्म हिँडडुल गर्न पूर्व रुपले बन्देज लगाउने, भन्ने निर्णय समितिले गरेको छ । यसले गर्दा लुकिछीपी भारत तथा अन्यत्रबाट आउने संख्या कम हुने जनाइन्छ ।

भारतबाट तथा काठमण्डौबाट समेत रातारात मानिसहरु आउन थालेको सूचनाहरु आउन थालेपछि झापामा स्थानीय सरकारहरुले लकडाउन गर्न थालेकाछन् । दमकले भने पुर्ण रुपमा भन्दा पनि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको पाईएको छ ।