२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  झापाको दमकस्थित शब्जि बजारमा भारतीय सवारी साधनमा भारतबाट दैनिक रुपमा १० देखि १५ ट्रक शब्जि आउने गरेको पाईएको छ । यहाँ आउने लोड तथा अनलोड गर्ने सबै भारतीयहरु नै आउने गरेको पनि बताईएको छ । यसले कोरोना संक्रमणको जोखिम बढाएको छ ।

स्थानीय एक ब्यापारीका अनुसार विहान ६ बजेदेखि ८ बजेसम्म शब्जि बजारभित्र भारतीय बजार जस्तै देखिने गरेको छ । बोल्दा उल्टै छुचो भईन्छ र हामी बोल्न सक्दैनौ, एक ब्यापारीले भने । हामी सबैलाई भारतीय शब्जिले नै मार्लाकी भन्ने चिन्ता छ, उनले भने ।

न हात धुने सावुन पानीको ब्यवस्था छ नत ह्याण्ड सेनिटाइजरको नै यहाँ ब्यवस्था रहेको छ । ब्यवसायी तथा ग्राहकले पनि माक्स समेत खासै प्रयोग गरेको पाईदैन । भारतीय शब्जि सस्तो हुने भएकाले ब्यापारीहरुको मरिहत्ते हुने गरेको र यहाँका उपभोक्तालाई भने महगो मूल्यमा बेच्ने गरेकाछन् ।

शब्जि बजारको बिषयमा यस्तो छ नगरपालिकाको निर्णय-

तरकारी बजारमा एक दिन विराएर वीचमा एउटा पसल खाली राखी पालैपालो संचालन गर्ने निर्णय नगरपालिकाले गरेको छ । यसको कार्यन्वयन अब शुक्रबार देखि नै हुने पनि जनाईएको छ ।

पसल व्यवसाय संचालन गर्दा अनिवार्य रुपले भौतिक दुरी कायम गर्ने, व्यवसायी र ग्राहक दुवैले मास्क प्रयोग गर्ने र सेनिटाइजरको व्यवस्था गर्ने पनि भनिएको छ । यो सबै ब्यवसायमा लागु हुनेछ ।

दमक सब्जि बजारमा कोरोनाको त्रास ! भारतीय गाडिमा ट्रकको ट्रक सब्जि र फलफुल आउदै

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Wednesday, August 12, 2020