करिब २ अरवको वासालत रहेको मेची सहकारीले कम्तिमा २ हजार सदस्य विस्तार गर्दै, यो बर्ष ९ करोड नाफा गर्ने
दमक/ दमकमा मात्र नभएर झापामा नै अब्बल सहकारीको रुपमा स्थापित भएको झापा दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले आफ्ना सेवा केन्द्र विस्तारहरुसंगै सदस्य विस्तार पनि अभियानको रुपमा नै शुरु गर्न थालेको छ । आर्थिक बर्ष २०७७/0७८ को प्रतिवेदन सार्वजनिक तथा आर्थिक झलक सार्वजनिकरण कार्यक्रममा यस्तो जनाईएको हो ।
आफ्ना चालु आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सहकारीले सदस्यहरुको हातहातमा पुर्याउन शुरु गरेको छ । यो बिषम परिस्थितिमा पनि सदस्यहरुको विश्वासका कारणले आफुहरुले अपेक्षा अनुसारको प्रतिफल पाएको र सहकारीले उल्लेख्यमात्रामा अघिल्लो बर्षको प्रतिबद्धता पुरा गरेको जनाईएको छ ।
सहकारीका ब्यवस्थापक खोमप्रसाद बगालेका अनुसार ६ करोड ५३ लाख ९२ हजार ५१७ रुपिया मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक बर्षमा ९ करोड १ लाख ९४ हजार रुपिया नाफा कमाउने लक्ष्य रहेको पनि सार्वजनिक गरिएको छ । सहकारीको वसालत झण्डै २ अरवको सार्वजनिक गरिएको छ ।
सहकारीले कम्तिमा पनि अहिलेको सेवा केन्द्रको आधारमा २ हजार सदस्य थप गर्ने र सेवा केन्द्रहरु थपिएमा अझै सदस्यसंख्या बढ्ने पनि उल्लेख गरेको छ । सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराईले अब सहकारी संस्थाले यस क्षेत्रमा रहेका विकास बैकहरुसंग प्रतिस्पर्धा गर्ने हैसियत बनाएको बताए ।
