२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकस्थित नयाँ शब्जि बजार शनिवार विहानदेखि सिल हुने भएको छ । यहाँका एक ब्यापारीमा कोरोना संक्रमण पुष्टि भएपछि आज दमक नगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको बताईएको छ । शब्जि बजार सिल गरेर यहाँका ब्यापारीहरुलाई होम क्वारेन्टाइनमा बस्नका लागि नगरपालिकाले आग्रह गरेको छ ।

ति शब्जि ब्यापारी दमकको एक अस्पतालमा उपचारका लागि गएका थिए । त्यसपछि त्यहाँबाट रेफर गरिएको र उनि उपचारका लागि विराटनगर गएका थिए । त्यसपछि उनि धुलिखेल अस्पताल गएको र त्यहाँ कोराना संक्रमण पुष्टि भएको बताईन्छ ।

उनको आसपासको क्षेत्र र घर सिल गरिएको बताईएको छ । आसपासका मानिसहरुलाई हिडडुल नगर्न नगरपालिकाले सूचना गरेको छ । यहाँ कन्ट्याक्ट टे्रसिङ शनिवार विहानैदेखि हुने र स्वाब संकलन शुरु गरिने तयारी पनि भएको नगर स्वास्थ्य शाखा श्रोतले जनाएको छ ।

दमकमा समुदायमा कोरोना संक्रमण देखिएको छ । यसलाई फैलन नदिनका लागि आवश्यक शर्तकता अपनाउने बिषयमा नगरपालिकमा गहन छलफल भएको र आवश्यकता अनुसार सिल गर्नु पर्ने ठाँउहरु सिल गरिने नगर प्रमुख रोमनाथ ओलीले बताएकाछन् ।

शुक्रबार आएको रिर्पोटमा दमकमा ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । एकजना शब्जि ब्यापारीसंगै बिद्यूत प्राधिकरणका ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।