दमकमा समुदायमा कोराना संक्रमण ! दमक बिद्यूत प्राधिकरणका ५ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय सिल
विष्णुप्रसाद पोखरेल
दमक/ बिद्यूत प्राधिकरण दमकका सिनियर देखि जुनियरसम्म ५ जनालाई कोरोना संक्रमण पुष्टि भएसंगै उक्त कार्यालय सिल भएको छ । नगरपालिकाले बिद्युत सेवा बाहेकका अन्य सेवाहरु सबै बन्द गर्दै कार्यालय सिल गर्ने निर्णय गरेको हो ।
शुक्रबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु बाहिर काममा गईरहेकाहरु समेतछन् । यसले गर्दा कोरोना संक्रमण समुदायसम्म पुग्ने सन्त्रास शुरु भएको छ ।
शुक्रबार अपरान्हबाट नै बिद्यूत प्राधिकरणमा आउजाउमा रोक लगाईएको थियो । दमकमा शुक्रबार आएको रिर्पोट अनुसार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकैसाथ समुदायमा र एउटै कार्यालयका यति धेरै ब्याक्तिमा कोरोना देखिएको यो नै झापामा पहिलो हो । यसभन्दा अघि यसरी सरकारी कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको थिएन । दमकमा केहि दिन अघि फ्रन्ट लाइनमा काम गर्नेहरुको स्वाब परीक्षण भएको थियो ।
यो संगै दमकमा सरकारी कार्यालयका कर्मचारीहरुमा त्रास उत्पन्न भएको छ । बढि जनसम्पर्क हुने सरकारी कार्यालयका कर्मचारीहरु जोखिममा रहेको पाईएको छ ।
