२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  झापाको दमकमा कोरोना संक्रमण समुदायसम्म फैलिएको र कतिपय कोरोना संक्रमितहरु जाँचका लागि अस्पतालसम्म पुगेको पनि पत्तो पाएपछि यहाँ रहेका अस्पताल र क्लिनिकहरुको ओपिडि सेवा बन्द गर्ने निर्णय भएको जनाईएको छ । ओपिडि सेवामा भिडामभिड रहने गरेको थियो ।

दमक नगरपालिकाले अस्पताल तथा सबै प्रकारका स्वास्थ्य क्लिनिकहरुको ओपिडि सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । उनका अनुसार अब यो निर्णय तत्कालैदेखि लागु हने पनि छ । झापामा एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि पनि भएको छ । मेचीनगरमा चिकित्सकमा कोरोना देखिएको थियो ।

अस्पतालको ओपिडि सेवा बन्द हुँदा दमक चोकमा रहेकाक औषधि पसल तथा क्लिनिकहरुमा मानिसहरुको भिड लाग्ने गरेकोमा यस्ता क्लिनिकहरुको पनि ओपिडि बन्द हुने भएकाछन् । यसबाट पनि जोखिम निम्तन सक्ने भएकाले क्लिनिकहरुको पनि ओपिडि बन्द हुने भएकाछन् ।

यसभन्दा अघि दमकको नीजि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकजना संक्रमित ब्याक्ति उपचारमा आएको पत्तो पाएपछि उक्त हस्पिटलमा आवतजावतमा रोक लगाईएको छ । अस्पताल सिलको अवस्थामा रहेको छ । त्यसपछि दमकका एक जना शब्जि ब्यापारी दमकस्थित एक अस्पतालमा उपचारका लागि गएको र उनि पनि संक्रमित रहेको पत्तो भएपछि उक्त अस्पताल पनि सिल हुने सम्भावाना रहेको छ । यद्यपी सिल भने भइसकेको छैन ।