२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ बिगतमा दमकमा लकडाउन खुकुलो भएको र स्थानीय सरकार तथा प्रशासनले चासो नदिएको आरोप लागेको थियो । त्यो समयमा दमकमा कोरोना संक्रमण समुदायमा रहेको थिएन । अन्यत्र कोरोना संक्रमण समुदायमा फैलिन थालेको भएता पनि दमकमा थिएन ।

अहिले अवस्था फेरिएर दमकमा पनि कोरोना संक्रमण समुदायमा देखिएको छ । यसले गर्दा दमकमा चुनौती आइलागेको छ । संक्रमण फैलिन नलिन र नगरबासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिले पसल एवं ब्यापार ब्यवसाय ठप्प पार्ने निर्णयसंगै अति आवश्यक बाहेक सवारी साधन पनि चलाउन नदिने भएको छ ।

यसका लागि स्थानीय प्रशासन र प्रहरीलाई जानकारी नगरपालिकाले गराएको छ । नगर प्रमुख रोमनाथ ओलीका अनुसार अति आवश्यक बाहेक कुनै पनि प्रकारका सवारी साधनहरु सञ्चालन गर्न नदिइने स्पष्ट निर्णय रहेको छ । एम्बुलेन्स, सञ्चारकर्मीहरुका सवारी साधन लगायत सवारी पास भएका सवारी साधन मात्र चल्नेछन् ।

दमक नगरपालिकाले पहिलो पटक कडा लकडाउनको घोषणा गरेको हो । यसभन्दा अघि भने यसरी लकडाउन गर्ने निर्णय गरेको थिएन । महामारी नियण्त्रण तथा जोखिम न्यूनिकरणका लागि नगरबासी सबैको साथ र सहयोग आवश्यक छ, दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिम्सिनाले भने ।

बजारका सबै प्रकारको अनुगमन दमक नगर अनुगमन समितिले गर्ने पनि बताईएको छ । यो पटक लकडाउन पालना नगर्नेलाई कार्वाही गरिने पनि जनाईएको छ । लकडाउन अवज्ञा गरेर जोखिम बढाउने छुट यो पटक अब कसैलाई पनि रहदैन, नगरपालिकाको भनाई छ ।