दमकमा समुदायमा कोरोना फैलिएपछि दमक ठप्प, सवारी साधन आंशिक सञ्चालन
दमक/ दमकमा समुदायमा कोरोना संक्रमण देखिएपछि घोषणा गरिएको लकडाउन बिगतभन्दा प्रभावकारी देखिएको छ । पसल तथा ब्यापार ब्यवसाय ठप्प बनेको छ ।
दमक उद्योग बाणिज्य संघले समेत यसमा सहयोग गरेको छ । नगरपालिकाले लकडाउन पुर्ण रुपमा पालना गर्न आग्रह गर्दै आएको छ ।
लकडाउनको पहिलो दिन दमकमा चहलपहल निक्कै न्यून रहयो । पसल तथा ब्यवसाय ठप्प नै रह्यो । यद्यपी सवारी साधनहरु भने फाट्टफुट्ट चले । बैक तथा सहकारीहरु पनि सुनसान रहे ।
लकडाउन पालना बिगतमा भन्दा निक्कै नै बढेको देखिएको थियो । शब्जि बजार र आसपास सुनसान रह्यो । दमकमा एकसाथ ७ जनामा कोरोना देखिएपछि दमक नगरपालिकाले कडा लकडाउनको घोषणा गरेको थियो ।
