२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा थप ६ जनामा कोरोना संक्रमण फेला परेको छ । बिद्यूतका थप कर्मचारीहरुमा कोरोना संक्रमण भेटिएको हो । दमक नगरपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार एक जना होम क्वारेन्टाइनमा रहेका सहित ६ जना नयाँ संक्रमित थपिएकाहुन् ।

शिवसताक्षी घर भएका २ जना बिद्यूतमा काम गर्ने कर्मचारीहरु रहेकाछन् । दमकमा थप ६ जना सक्रमित थपिएको पुष्टि भएको छ, बरालले भने । समुदाय स्तरमा कोरोना संक्रमणको ग्राफ दमकमा बढ्दो दर हुन थालेको छ । लकडाउन थप कडा गर्नु पर्ने अवस्था आएको छ ।

अझै केहि शंकाश्पद रिर्पोटहरु आउन बाँकी रहेको छ । सबै सचेत भएर सामाजिक दुरी कायम राख्ने र बिना काम घरबाहिर ननिस्कदा राम्रो हुन्छ, बरालले भने । सबैभन्दा बढि बिद्यू्रतका कर्मचारीहरु कोरोना सक्रमित भेटिएकाछन् । उनिहरु समुदायमा नै सक्रिय रहेका थिए ।

दमकमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । यसभन्दा अघि ७ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनिहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको छ । यहि समयमा थप ६ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।