२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकको एक लघुबित्त संस्थामा काम गर्ने दूइजनामा कोरोना संक्रमण देखिएको छ । उनिहरु लघुबित्तमा काम गर्दै आएकाहरुहुन् । समुहमा गएर आर्थिक संकलन समेत गर्दै आएको बुझिएको छ ।

भारु पैसा समेत कलेक्सन गरेर ल्याएको पाईएको छ, श्रोतले भन्यो । कोरोना जाँचका लागि दमकबाट पठाईएका रिर्पोटहरुमध्ये ६ जनामा पोजेटिभ देखिदा २ जना स्थानीय लघुबित्तमा काम गर्नेहरु रहेको जनाईएको छ ।

दमक नगरपालिकाले लकडाउन घोषणा गरेपछि अधिकाँश दमकका बित्तिय संस्थाहरुले आफ्नो गतिविधिहरुलाई घटाएकाछन् । अत्यन्त न्यून आवतजावत रहेको छ ।

बैक तथा सहकारी र अन्य बित्तिय संस्थाले सिमित मात्रामा कर्मचारीबाट आन्तरिक तथा फाट्टफुट्टमात्र सेवा दिईरहेको बताईएको छ । नगरपालिकाको सूचनामा लकडाउनमा बित्तिय संस्थालाई पनि सञ्चालन अनुमति दिईएको छैन ।