२ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि दमक टेलिकमको कार्यलय सिल
दमक/दमकको टेलिकमका २ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि उक्त कार्यलय आवतजावतमा रोक लगाइएको छ ।
अति आवस्यक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेस तिम्सिनाका अनुसार अतिआवस्यक बाहेक टेलिकमका सेवाहरु तत्काललाइ रोक्ने निर्णय भएको हो ।
मंगलबार दमकका १३ र कमल गाउपालिकाको एकजनामा गरेर १४ जनामा कोराना पोजेटिभ देखिएको थियो ।

