दमकमा आज विहानै थपिए १६ जना कोरोना पोजेटिभ, समुदायमा कोरोना संक्रमण बढ्यो
विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङ का आधारमा लिएको स्वाब परीक्षणको नयाँ रिर्पोट आएको हो । यसमा विद्यूत प्राधिकरणका कर्मचारी ६ जना रहेकाछन् ।
अन्य २ जना पनि समुदायमा रहेको बताईएको छ । यसैगरी शशस्त्र प्रहरीहरुमा कोरोना संक्रमण देखिएको छ । उनिहरु सरुवा भएर विराटनगरबाट यहाँ आएको र त्यहि भित्र क्वारेन्टाइनमा रहेकाहरु रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।
यो संगै दमकमा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । समुदायमा पनि कोरोना संक्रमितको सख्या बढेको छ । यसले गर्दा दमकमा कोरोना संक्रमणको दर बढ्न थालेपछि चिन्ता पनि छाएको छ ।
