२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  झापाको दमकमा कोरोना संक्रमित मध्ये धेरैजसो सक्रिय उमेर समुहका रहेकाछन् । २० देखि ४० बर्ष उमेर समुहका मानिसहरुमा सबैभन्दा बढि कोरोना संक्रमण देखिएको छ । वालबालिका तथा जेष्ठ नागरिकमा न्यूनमात्रामा संक्रमण देखिएको छ । दमक नगरपालिका उपप्रमुख गीता अधिकारी अनुसार शनिवार अबेरसम्मको विवरण अनुसार दमकमा कोरोना पोजेटिभको संख्या ६६ रहेको छ ।

यसमा २१ देखि ४० बर्ष उमेर समुहका मानिसको संख्या ७० प्रतिशतभन्दा बढि रहेको छ । १० देखि २० बर्ष उमेर समुहको १ जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ । २१ देखि ३० बर्ष उमेर समुहका सबैभन्दा बढि रहेकाछन् । यो उमेर समुहमा २६ जना कोरोना सक्रमित रहेकाछन् ।

यसैगरी २१ देखि ४० उमेर समुहका २० जनामा कोरोना पोजेटिभ देखिएको छ । यसमा १६ पुरुष र ४ महिला रहेकाछन् । ४१ देखि ५० उमेर समुहका १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसमा ३ जना महिला रहेकाछन् । ५१ देखि ६० बर्ष उमेर समुहका ३ जनामा, ६० बर्ष माथिका २ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

कोरोना सबै उमेर समुहकालाई लाग्ने रोग हो । दमकमा एकसाता यता कोरोना संक्रमण समुदायमा फैलिएपछि नगरपालिकाले कोरोना संक्रमण रोकथाम, नियण्त्रण तथा ब्यवस्थापनका लागि रणनीति बनाएर काम गर्दै आएको बताईन्छ । दमकमा आइतवारदेखि ७ दिनको लकडाउन पनि घोषणा गरिएको छ ।