कोरोना संक्रमणबाट मृत्यु भएका दमकका ति ब्याक्ति उपचारका लागि पुगेका थिए काठमण्डौ
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा नै पहिलो पटक दमकमा कोरोना संक्रमण पुष्टि भएको थियो । विदेशबाट आएका छोरामार्फत बाबुमाा कोरोना देखिएको थियो । त्यसपछि दमकमा लामो समय कसैमा पनि कोरोना संक्रमण भएको पाईएको थिएन । अहिले आएर दमकमा समुदायमा कोरोना संक्रमण शुरु भएको छ ।
झापामा नै पहिलो पटक दमकका एक ब्याक्तिको कोरोना संक्रमणले नै मृत्यु भएपछि त्रास शुरु भएको छ । उनमा दमकमा नै कोरोना पोजेटिभ देखिएको भने होइन । उनि अन्य उपचारका लागि काठमण्डौको ह्याम्स हस्पिटलमा पुगेका थिए । त्यहाँ कोरोना जाँच हुँदा उनमा कोरोना पोजेटिभ देखिएको बताईन्छ । उमेरले उनि ६० बर्ष नजिक रहेका थिए ।
उनको गयराती मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनका परिवारका सदस्यहरुले उनलाई काठमण्डौ पुर्याएका थिए । परिवारका केहि सदस्यहरु दमक घर पनि फर्केकाछन् । उनिहरु अहिले सेल्फ क्वारेन्टाइनमा रहेको जनाईएको छ ।
पत्थरीया लगायतको समस्या लिएर उनि उपचारका लागि काठमण्डौ गएको बताईएको छ । दमक १ का ५८ बर्षिय उनमा शुरुवातमा कोरोना संक्रमणका कुनै पनि लक्षणहरु पनि नदेखिएको उनका परिवारका सदस्यहरुले दमक नगरपालिकाको स्वास्थ्य शाखालाई जनाएको पनि श्रोतको भनाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो पटक झापाका ५८ बर्षिय पुरुष सहित ३ जनाको मृत्यु भएको भनेर पुष्टि गरेका थिए । ति ५८ बर्षिय पुरुष दमकका हुन् । उनको सम्पर्कमा रहेकाहरुको ट्राभल हिस्टिू केलाएर उनिहरुको स्वाब संकलन गरिने तयारी भएको नगर स्वास्थ्य शाखाको भनाई छ ।
