२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  झापा दमक अति ब्यस्त र सधै भिडभाड रहने दमक फार्मेसी तथा क्लिनिकका एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अहिले दमकमा नै ठुलो त्रास पैदा भएको छ । बिभिन्न विरामीहरुले यहाँबाट औषधि ल्याएर खाँदै आएका र यहाँ जचाउन टाढाटाढाबाट समेत मानिसहरु आउने भएकाले त्रास रहेको छ ।

३ जना परिवारका सदस्य र २ जना त्यहाँ नियमित काम गर्नेहरुको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ आएको बताईएको छ । यद्यपी कसैलाई कोरोना पोजेटिभ देखिएको अवस्थामा एकसातापछि मात्र पीसीआर जाँच गर्नु उत्तम हुने बिज्ञहरुको सल्लाह र सरकारको यस सम्बन्धिको मापदण्डमा भनिएको छ ।

त्यहि कार्यरत र नजिकको सम्पर्क रहेकाहरुको रिर्पोट नेगेटिभ आएसंगै सोमबारदेखि फार्मेसी शुचारु गर्ने तयारी भएको बताईएको छ । क्लिनिक तथा अन्य सबै सेवा बन्द गर्ने र औषधि बिक्री बितरण गर्न भने पाउने गरी क्लिनिक खोल्न दिने नगरपालिका श्रोतले जनाएको छ ।

फार्मेसीसंग सम्बद्ध ५ जनाको रिर्पोट नेगेटिभ आएको र त्यसको जानकारी नगरपालिकाले पाएको छ, दमक नगरपालिकाको स्वास्थ्य शाखा श्रोतले भन्यो । थप अन्य तथा कन्ट्याक्ट ट्रेसि ङ को आधारमा सोमबार पीसीआर जाँचको तयारी भइरहेको पनि नगरपालिकाले जनाएको छ ।

अन्यत्र कहि नपाउने औषधिहरु समेत दमक फार्मेसीले उपलब्ध गराउदै आएकाले विरामीहरुको नियमित औषधि प्रयोगमा नै असर हुने देखेर आवश्यक सावधानी अपनाएर औषधि पसल खोल्न दिनु पर्ने माग औषधि ब्यवसायी संघका प्रतिनिधि लगायतले नगरपालिकासंग आग्रह गरेको बताइन्छ ।

दमक फार्मेसीका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ पुष्टि भएसंगै एकदिन आसपासका सबै आषधि पसलहरु बन्द भएका थिए । भोलिपल्टदेखि आवश्यक सबै सावधानी अपनाउदै अन्य औषधि पसलहरु खुला रहे पनि दमक फार्मेसी पनि बन्द रहेको छ । सोमबार विहानदेखि खोल्ने तयारी गरेको बुझिएको छ ।