२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापा गाउँपालिकामा बुधबार साँझ गोली लागेर घाइते भएका स्थानीय रसिक आलमको मृत्यु भएको बताईएको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएको थियो । झापा गाँउपालिका–३ कामाटोलीमा घटना भएको हो ।

गोरु काट्नेहरुलाई पक्राउ गरेपछि त्यहाँ आक्रोशित स्थानीयहरुले सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास गर्दा शशस्त्र प्रहरीले गोली चलाउँदा आलम घाइते भएका र उपचारको क्रममा बिएण्डसीमा मृत्यु भएको बताईएको छ ।

गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । यस बिषयले उग्ररुप लिँदा प्रहरीलेश शुरुमा हवाई फायर गरेको पनि बताईएको छ । यसको आधिकारीक पुष्टि भने भएको छैन ।