उच्च मनोबल भएपछि कोरोना त्यसै जितीने रहेछ, बेसार तथा अदुवा पानी र गुर्जो मज्जाले खाए-तारानाथ दंगाल
विष्णुप्रसाद पोखरेल
दमक/ मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगालले आफु होम आईसुलेसनमा बस्दा बेसार तथा अदुवा पानी, गुर्जोको रस सहितको पानी पीएको बताएकाछन् । उनले आफुले आफुलाई कोरोना लाग्यो भनेर अलिकति पनि बिचलित नबनाएको र सामान्य सम्झेर घरमा रहेको भन्दै यस्तो बताएकाहुन् ।
आफ्नो नियमित खुराक भनेकै बेसार तथा अदुवा पानी र गुर्जो रहेको उनले जनाए । स्वास्थ्यकर्मीको सल्लाह अनुसारको औषधि सहित अधिक मैले प्रयोग गरेकै यहि हो, उनले भने । अहिले पनि आफुलाई कोरोना पोजेटिभ भएको भन्ने विश्वास समेत नलागेको उनको भनाई छ ।
उच्च मनोवल राखेपछि कोरोना त्यसै जितीने रहेछ, यो मेरो अनुभव हो, उनले भने । होम आईसुलेसनमा बस्दा आफुसंग सम्पर्कमा आएका साथीहरुको रिर्पोट कस्तो आउछ भन्ने चिन्ताले सताएको उनले बताए । मलाई मेरोभन्दा बढि मेरो सम्पर्कमा आएका साथीहरुको छ, उनले भने । सबैको रिर्पोट नेगेटिभ आउने विश्वास रहेको छ, उनले भने ।
दंगालले बिरगन्जमा पीसीआर जाँचका लागि स्वाब दिएका थिए । झापा आएपछि उनको रिर्पोट पोजेटिभ आएको खबर आएको थियो । फेरी एकसातापछि दमकमा आएपछि स्वाब परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको हो । परीक्षण रिर्पोट उनि होम आईसुलेसनमा बसेका थिए ।
