२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापाका कोरोना संक्रमणले ज्यान जानेको संख्या २

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा कोरोना संक्रमणले एक बृद्धको मृत्यु भएको छ । दमक नजिकै कमल गाँउपालिकाका एक बृद्धको कोरोनाले मृत्यु भएको कमल गाँउपालिकाका स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालले बताएकाछन् । अर्यालका अनुसार धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ८३ बर्षिय बृद्धको मृत्यु भएको हो ।

उनमा सुगर, प्रेसर र किडनीमा पनि समस्या रहेको जनाईएको छ । कोरोना कारण झापाका दोश्रो ब्याक्तिको मृत्यु भएको हो । यसभन्दा अघि दमकका एक ब्याक्तिको कोरोना संक्रमणले काठमण्डौमा मृत्यु भएको थियो । कमल गाँउपालिकामा समुदायमा कोरोना संक्रमण देखिन थालेको छ ।

साउन ३२ गते उनको स्वाब परीक्षण भएर भदौ ३ गते रिर्पोट आएको थियो । उनि शुरुमा लाइफलाइन अस्पताल दमक उपचारका लागि आएका थिए । त्यसपछि उनि बिएण्डसी अस्पताल गएका थिए । त्यहाँ जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।