कोरोनाले दमक ३ का ब्याक्तिको मृत्यु भएको होइन, कमल ३ का ब्याक्तिको हो
विष्णुप्रसाद पोखरेल
दमक/ झापा कमल गाँपालिकाका एक ८३ बर्षिय पुरुषको मृत्यु भएतापनि अधिकाँश सञ्चार माध्यममा दमक ३ को समचार आएपछि अन्योल सिर्जना भएको छ । दमक ३ का ब्याक्तिको नभएर कमल गाँउपालिका ३ का ब्याक्तिको मृत्यु भएको हो । गत भदौ ३ गते कोभिड अस्पतालमा भर्ना भएका विरामीको मृत्यु भएको हो ।
अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएर झापाको बि एण्ड सि टिचिङ अस्पतालबाट रिफर भएका थिए। उनी भदौ ३ गते गते अस्पतालमा भर्ना भएका थिए। सोही दिन उनमा कोरोना पोजिटिभ देखिएको थियो। उनको उपचारका क्रममा आज बिहान ३ः४५ मा मृत्यु भएको हो। संक्रमित पुरुष मिर्गाला, उच्च रक्तचाप, मधुमेह अल्प रक्त कोशीकाका बिरामी पनि थिए।
उक्त अस्पतालले बिज्ञप्तिमा दमक ३ उल्लेख गरेपछि अधिकाँश सञ्चारमाध्यममा दमक ३ भन्ने आएको छ । कमल गाँउपालिकाका स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालले कमल ३ का एक पुरुषको मृत्यु भएको पुष्टि गरेकाछन् । ति पुरुष दीर्घ विरामी पनि थिए ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार शुक्रबार दमकको कसैको पनि कोरोना संक्रमणले ज्यान गएको छैन र त्यस्तो खबर आएको छैन । दमकको भए खबर आउथ्यो, उनले भने । दमक वडा नं. ३ का अध्यक्ष नविन बरालले आफ्नो वडामा कसैको पनि मृत्यु भएको छैन । फोन आएर हैरान भएको छ, उनले भने ।
