दमक नगरपालिकालाइ नबिल बैंक दमकले गर्यो २ सय भिटिएम सहयोग
दमक /नबिल बैंक दमकले दमक नगरपालिकालाइ २ सय थान भिटिएम उपलब्ध गराएको छ । कोरोना परिक्षणको लागि एउटा सानो सहयोग गरिएको र यस्तो सहयोग जारी रहने बैंकका प्रबन्धक राजन बस्नेतले जनाए ।
दमक नगरप्रमुख रोमनाथ ओलीले सहयोगप्रति आभार प्रकट गरे । उनले कोरोना नियन्त्रण तथा यो विरुद्धको अभियानमा सबैको साथ आवस्यक रहेको बताए ।
नगर उपप्रमुख गीता अधिकारीले २ सय भिटिएम पनि अहिलेको अवस्थामा महत्वपूर्ण भएको जनाइन । सबैको सानोसानो सयोगले कोरोना विरुद्धको लडाइ लड्न सहज हुने उनको भनाइ थियो ।
नगर स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार हप्तामा २ पटक कोरोना परिक्षणको लागि स्वाब संकलन हुदै आएको जनाए ।
- सो कार्यक्रममा दमक उध्योग बणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, कार्यसमिति सदस्य नबिन अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

