२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि
विष्णुप्रसाद पोखरेल
दमक / झापाको दमकमा समुदायमा कोरोना संक्रमण बढ्दै जाादा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको बैठकले आइतवारदेखि निषेधाज्ञा लगाउन जिल्ला प्रशासन कार्यालय झापालाई अनुरोध गर्ने भएको छ ।
विहान ७ बजेदेखि दिउसो १२ बजेसमम पसल तथा दमक खुला रहने भएपनि बाँकी समय पुर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले बताएकाछन् ।
दमकको तरकारी बजार भने अझै बन्द रहनेछ । बाहिर भने तरकारी विक्री गर्न पाईने भएको छ । त्यसका लागि आवश्यक स्वास्थ्य सावधानी भने पुर्ण रुपमा अपनाउनु पर्नेछ । निषेधाज्ञाको समयमा अत्यआवश्यक काममा पनि १ जनामात्र निस्कन पाइने जनाईएको छ ।
भदौ २० गतेसम्म नियोधाज्ञा रहने प्रमुख ओलीले जनाए । दूइसाताको लकडाउन प्रभावकारी रहेको ठहर गर्दै केहि समय लकडाउन खुकुलो र बाँकि समय कडा गर्न यो निर्णय भएको हो ।

आज
मिति २०७७ भदौ १२ गते दिउँसो २:०० बजे बसेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको बैठक बाट देहाय अनुसारका शर्त तथा मापदण्डको परिधि भित्र रही निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय भद्रपुर, झापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

 

  • निषेधाज्ञा मिति २०७७ साल भदौ १४ गते विहान ६:०० बजे देखि मिति २०७७ भदौ २० गते शनिवार राती १२:०० बजे सम्म ७ दिन कायम रहने छ ।
  • दैनिक उपभोग्य सामाग्री खरिद बिक्री गर्नका लागि पसल, व्यवसायहरु बिहान ७:०० बजे देखि दिउँसो १२:०० बजे सम्म मात्र खुल्ला गर्न पाईने छ ।
  • दैनिक उपभोग्य सामग्री खरिद बिक्रीका लागि तोकिएको समयमा व्यापारी, व्यवसायले भौतिक दुरी कायम हुने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने व्यवस्था गर्नु पर्नेछ । भिडभाड हुने गरी व्यापार, व्यवसाय गर्न पाइने छैन ।
  • औषधी पसल खुल्लै रहने छन् ।
  • अस्पतालहरुमा आत्यवश्यक सेवाहरु बाहेकका अन्य सेवाहरु संचालन गर्न पाईने छैन । सबै उपचार क्लिनिकहरु बन्द गर्नु पर्नेछ ।
  • दमक-६ स्थीत नयाँ सब्जी बजार पूर्ण रुपले बन्द रहने छ ।
  • सडक वा अन्य कुनै पनि सार्वजनिक स्थानमा कुनै प्रकारको व्यापार, व्यवसाय गर्न पाईने छैन ।

 

  • अति आवश्यक काम नपरी घरबाहिर निस्किन र हिँडडुल गर्न पाईने छैन । अति आवश्यक कामका लागि घरबाहिर निस्किदा पनि १ जना व्यक्ति मात्र निस्किनु पर्नेछ ।
  • लोकमार्गमा चल्ने अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चल्न पाउने छैनन् ।
  • स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरकारी नम्बर प्लेट भएका सवारी साधन बाहेक अरु सवारी साधन चलाउन निषेध गरिएको छ । अति आवश्यक काम परी नगरपालिका क्षेत्र भित्र सवारी साधन चलाउनु परेमा नगरपालिकाको अनुमति लिनु पर्नेछ । अत्यावश्यक कामका लागि कार्यालय जानुपर्ने कर्मचारीले परिचय पत्र लगाएर मात्र आफ्नो सवारी साधन चलाउन पाउने छन् ।
  • होटल व्यवसाय संचालन गर्न पाईने छैन तर क्वारेन्टिन वा आईसोलेसनको रुपमा अनुमति प्राप्त गरेका होटलहरु संचालन हुन सक्नेछन् ।
  • निर्माण कार्य तथा उद्योग, कलकारखानाको हकमा कामदारलाई कार्य स्थल भित्रै सुरक्षित रुपले राख्ने व्यवस्था गरी कार्य गराउन सकिने छ । क्वारेन्टिन तथा आईसोलेसन निर्माण बाहेकका अन्य निर्माण कार्यहरु बन्द रहने छन् ।
  • कुनै पनि प्रकारका भेला, सभा, जुलुस, जात्रा, महोत्सव, पर्वमा मानिस भेला भै भिडभाड गर्न पाईने छैन ।
  • अत्यावश्यक सेवा बाहेक सरकारी कार्यालयबाट प्रदान गरिने अन्य सेवा र कार्यहरु स्थगित रहने छन ।
  • अत्यावश्क सेवामा खटिने बाहेक अन्य कर्मचारीहरुलाई घरमै बसी गर्न सकिने कार्यहरु गर्ने गरी Work From Home खटाईने छ ।
  • मृत्यु संस्कारमा जादा २५ जना भन्दा बढी मलामी लान पाईने छैन ।
  • बैंक तथा वित्तिय संस्थाहरुको कार्य संचालनका लागि समय निर्धारण गर्ने सम्बन्धमा नगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ ।
  • सैलुन, ब्यूटी पार्लर, मसाज पार्लर तथा पार्टी प्यालेसहरु पूर्ण रुपले बन्द रहने छन् ।
  • दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले ६:०० बजे देखि ९:०० बजे सम्म मात्र लोड अनलोड गर्न पाउने छन् ।
  • निषेधाज्ञा जारी भएको क्षेत्रमा प्रहरी, प्रशासन र नगरपालिकाबाट नियमित रुपले अनुगमन हुने छ । अनुगमनका कममा निषेधाज्ञा उल्लङ्घन गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने छ ।