दमकमा कोरोना जाँचको लागि पठाईएको स्वाव नमुनामा २४ जनाको रिर्पोट होल्ड, १७६ को नेगेटिभ
विष्णुप्रसाद पोखरेल
दमक/ दमकमा कोरोना जाँचको लागि पठाईएको स्वाव नमुनामा २४ जनाको रिर्पोट होल्ड भएको छ भने १७६ को नेगेटिभ आएको छ । शंकाश्पद स्वाबको नमुनाको रिर्पोट होल्ड हुने गरेको छ ।
समुदायमा कोरोना संक्रमण देखिएपछि दमकमा स्वाब संकलनलाई तिब्र बनाइदै आएको छ । सातामा दूईपटक स्वाब संकलन गरेर परिक्षणमा पठाईदै आएको दमक नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बद्रि बरालले बताए ।
नगरपालिकाबाट स्वाब संकलन गरी पठाइएका २०० जनामध्ये १७६ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आएको र २४ जनाको आउन बाँकी रहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
क्वारेन्टाइन ब्यबस्थापन समिती सचिव तथा दमक नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य सहयाक कुवेर भट्टराईका मंगलवार पीसीआर जाँचका लागि स्वाब लिएकाहरुको रिर्पोट यस्तो आएको हो ।
यसमा शब्जि बजारका ब्यापारी, माईक्रो फाइनन्सका कर्मचारी र औषधि ब्यवसायीको कन्ट्याक्ट ट्रेसिङका ब्याक्तिहरु रहेकाछन् ।
अहिलेसम्म दमकका ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोको छ । यसमा आधा निको भएकाछन् । केहि होम आईसुलेसनमा, केहि नगरपालिकाले निर्माण गरेको आईसुलेसन र कोभिड अस्पतालमा रहेकाछन् ।
कोरोना संक्रमण बढेपछि दमकमा दूइसाता अधिदेखि कडा लकडाउन जारी रहेको छ । आइतवार देखि निश्चित समय बाहेक निषेधाज्ञा लगाउने तयारी पनि रहेको पाईएको छ ।
