दमकमा भोली आइतवारदेखि दैनिक १९ घण्टा निषेधाज्ञा ! होटल, सैलुन, ब्यूटीपार्लर एकछिन पनि खोल्न नपाईने
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा ७ बजेदेखि १२ बजेसम्म अधिकाँश ब्यापार ब्यवसाय खुला रहेपनि होटल, सैलुन, पार्टी प्यालेस, ब्यूटीपार्लर लगायत भने बन्द रहन भएकाछन् । सैलुन, ब्यूटी पार्लर, मसाज पार्लर तथा पार्टी प्यालेसहरु पूर्ण रुपले बन्द रहने छन् , नगरपालिकाको निर्णयमा भनिएको छ ।
दमकमा क्वारेन्टाइन बाहेकका सबै होटलहरु बन्द रहनेछन् , होटल व्यवसाय संचालन गर्न पाईने छैन तर क्वारेन्टिन वा आईसोलेसनको रुपमा अनुमति प्राप्त गरेका होटलहरु संचालन हुन सक्नेछन्, दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले भनिन् । दमकमा समुदायमा कोरोना संक्रमण देखिदै आएको छ ।
नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण नगर समन्वय समिति दमकको शुक्रबार भएको बैठकले सर्बपक्षिय सुझाव लिएर केहि समय लकडाउन खुकुलो बनाउने र बाँकी समय पुर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले ६ बजे देखि ९ बजे सम्म मात्र लोड अनलोड गर्न पाउने बताईएको छ । यसभन्दा अघि लकडाउन अवज्ञा गरेर लोड तथा अलनलोड गर्नेलाई नगरपालिकाले जरिवाना गराएको थियो । लोकमार्गमा चल्ने अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चल्न नपाउने पनि उल्लेख छ ।
