२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

पि.सि.आर. परिक्षण रिपोर्ट नआए सम्म अनिवार्य होम क्वारेन्टाइनमा नै वस्नु पर्ने व्यवस्था लाई कडाईका साथ कार्यन्यन गर्न राउन सुझाव

विष्णुप्रसाद पोखरेल

दमक/ दमक उद्योग बाणिज्य सघले लामो समयदेखिको लकडाउनका कारण ब्यवसायमा गम्भिर असर परेको र जनजिवन कष्ठप्रद बन्दै गएकाले जहाँ संक्रमण देखिन्छ त्यो क्षेत्र सिल गर्न र उक्त क्षेत्रमा निषेधाज्ञा गरेर बाँकी क्षेत्रमा ब्यवसायमा सहज बनाउन आग्रह गरेको छ । शनिवार बसेको संघको बैठकले यस्तो निर्णय गरेको पाईएको हो ।

जारी लकडाउनको सिलसिलामा हाल दमक नगरपालिका कार्यालय ले मिति २०७७ साल भाद्र १२ गतेका दिन देखि भाद्र २० गते सम्म लागु हुने गरिे निषेघाज्ञा सम्वन्धि गरेको निर्णय लाई कार्यन्वयनका लागि सहयोग गर्ने, निर्णय भएको छ , संघका प्रथम उपाध्यक्ष राजु खड्काले भने ।

लकडाउन नै समस्यमाको समाधान नभएको तथा लामो समय सम्म गरिने निषेधाज्ञा तथा लकडाउनका कारण उद्यमी व्यवसायी तथा आम जनसमुदायको जनजिविका तथा विविकोर्पाजन चलाउनका लागि कठिन अवस्थाको श्रृजना भएको कारण सुरक्षा विधीहरुलाई अनिवार्यरुपमा पालना गराउदै संक्रमित क्षेत्रलाई मात्र शिल गरि अन्य क्षेत्रमा वन्दा वन्दि तथा लकडाउन को समय लाई क्रमश घटाउदै लानका लागि स्थानिय सरकार समक्ष सुझाव पेश गर्ने निर्णय पनि भएको छ, खड्काले भने ।

कोरोना भइरस संक्रमणको जोखिममा रहेका व्यक्तीहरुको पहिचान गरि पि.सि.आर.परिक्षणको दायरा लाई बढाउदै लैजान र पि.सि.आर. परिक्षण मा सहभागी भएका व्यक्तीहरु लाई पि.सि.आर. परिक्षण रिपोर्ट नआए सम्म अनिवार्य होम क्वारेन्टाइनमा नै वस्नु पर्ने व्यवस्था लाई कडाईका साथ कार्यन्यन गर्न राउन समेत सुझाव पेश गर्ने निर्णय पनि भएको छ, उनले थपे ।