२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा शनिवार कोरोना संक्रमण पुष्टि भएको सबैजसो कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको पाईएको छ । औषधि ब्यवसायी, बिद्यूत कर्मचारी तथा अन्य पोजेटिभ ब्याक्तिहरुबाट अर्कामा सरेको देखिएको बताईएको छ । यसले समुदायमा कोरोना संक्रमण फैलिएको दर्बिलो पुष्टि गरेको छ ।

दमक फार्मेसीका स्वास्थ्यकर्मीमा देखिएको कोरोना पोजेटिभपछिको कन्ट्याक्ट ट्रेसिङमा २ जनामा कोरोना पोजेटिभ भेटिएको छ । यसैगरी सबैभन्दा बढि विद्यूत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङबाट पोजेटिभ देखिएको छ । शनिवार बिद्यूत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा ५ जना थपिएकाछन् ।

शनिवार कोरोना पोजेटिभ देखिएका दमक ८ का ७ जना रहेकाछन् । यसैगरी दमक १ का ३ जना, दमक ६ का १ जना, दमक ७ को १ जना, दमक ५ को २ जना, दमक ४ को १ जना र दमक प्रहरीको १ जनामा कोरोना पोजेटिभ देखिएको दमक नगरपालिका स्वास्थ्य शाखा श्रोतको भनाई छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार कन्ट्याक्ट ट्रेसिङलाई सुक्ष्म रुपमा अध्ययन गरेर परिक्षणको दायरा बढाईएका कारण कोरोना पोजेटिभको संख्या बढेको हो । यसले समुदायमा फैलनबाट रोक्न सहयोग पुग्ने उनले बताए ।