२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

बिष्णुप्रसाद पोखरेल
दमक / दमकमा १६ जनाको स्वाप परिक्षण रिपोर्ट होल्ड भएको छ । ११६ जनाको स्वाब परिक्षण रिपोर्ट अनुसार १०० जनाको नेगेटिभ आएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा क्वारेन्टाइन ब्यवस्थापन सचिब कुवेर भट्टराईका अनुसार सोमबार बिहान आएको रिपोर्ट अनुसार १६ जनाको रिपोर्ट होल्ड भएको हो ।

शन्कास्पद रिपोर्टहरु होल्ड हुने गरेको छ । दमकमा समुदायमा कोरोना सङ्क्रमण देखिन थालेसगै लक डाउन तथा निषेधाज्ञा आदेश जारी भएको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार दमकमा हप्तामा २ पटक स्वाब परिक्षण हुदै आएको छ । हप्ताम करिब ४ सय जनाको परिक्षण हुदै आएको दमक नगरपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक बद्री बरालले बताए ।