२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमकमा भौतिक दुरी कायम राखेर बित्तिय संस्था तथा बजार खोल्ने भनिएपनि त्यस्तो गरेको पाईएको छैन । दमक नगरपालिका र दमक उद्योग बाणिज्य संघले नै भौतिक दुरी कायम राखेर मात्र ब्यापार ब्यवसाय गर्न तथा आफ्नो कारोबार गर्न आग्रह गर्दै आएको छ । उक्त आग्रहको बेवास्था गरेको पाईएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले दिउसो १२ बजेपछि विहान ७ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको छ । तर निषेधाज्ञाको समेत पालना भएको छैन । यसको पालना गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय तथा स्थानीय प्रशासनको भएपनि यसमा वेवास्था गरेको पाईन्छ । २ बजेसम्म नै पसल खुला तथा निशंकोच समुहमा हिडडुल लगायतका गतिविधिहरु भइरहेकाछन् ।

दमकमा समुदायमा कोरोना संक्रमण बढ्दो दरमा रहेको छ । मंगलवारमात्र पनि ९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोना सक्रमण पुष्टि हुनेको संख्या १ सय ६ पुगेको छ । अधिकाँश वार्डमा कोरोना संक्रमण भएका मानिसहरु भेटिएकाछन् ।

बजार बन्द तथा निरन्तर लकडाउनमात्र कोरोना संक्रमण रोकथामको विकल्प नभएको बताइदै आएको छ । ब्यापार ब्यवसायलाई नियमित गर्दा सामाजिक दुरी कायम राख्ने र न्यूतम स्वास्थ्य मापदण्ड पालना गर्ने भनिएपनि यो पनि भएको पाईदैन । अनुगमन समिति तथा नगरपालिकाका लागि मात्र गरिदिएजस्तो गर्ने गरेको पाईएको छ, दमक बजार अनुगमन समितिका संयोजक भीम पौड्यालले भने ।