अबको काँग्रेस दमक नगर सभापति को ? शुरु भयो लविङ
दमक/ झापाको दमकमा नेपाली काँग्रेसको नयाँ नेतृत्वको बिषयमा भित्रि बहस तिब्र गतिमा बढेको छ । नगर सभापतिमा प्रमुख ३ जना आंकाक्षीहरु देखिएको काँग्रेस बृतमा चर्चा रहेको छ । तीन जनामा कस्को पल्लाभारी भने अहिले उम्मेद्वारहरु पनि आफ्नो धरातल जाँच्न लाग्न थालेकाछन् ।
वर्तमान सभापति रोशन विष्ट भित्रि रुपमा लागेपनि बाहिर खुलेर आएका छैनन् । सभापति उम्मेदवारीको बिषयमा गरिएको प्रश्नमा उनले आफुले केहि दिनमा नै यस बिषयमा भन्ने बताए । यद्यपी भित्रि रुपमा उनले आफ्ना शुभेच्छुृकसंग छलफल गरिरहेको जनाईएको छ ।
वर्तमान सचिब प्रकाश प्रशाई निक्कै दर्बिलो उम्मेदवार हुन् । दमक उद्योग बाणिज्य संघमा दूई कार्यकाल अध्यक्ष भएर आफ्नो दमकमा दर्बिलो उपस्थिति बनाएका उनि नगर सचिव भएर पार्टीमा पनि पकड बनाएपछि अहिले सभापतिमा लबिङमाछन् । आमकाँग्रेस कार्यकर्ता तथा अग्रजहरुको सल्लाह अनुसार नै मेरो उम्मेद्वारी रहने हो, प्रशाईले भने ।
अहिले आफु धेरै नबोल्ने र यो गर्छु वा त्यो गर्छु भन्नेभन्दा पनि दमकका बलियो काँग्रेस छ भन्ने बनाउने मेरो ध्यय हुनेछ, प्रशाई भन्छन् । हरेक यहाँका काँग्रेसले पार्टीप्रति र नेतृत्वप्रति गर्व गर्ने अवस्था ल्याउन मेरो प्रयत्न हुनेछ, प्रशाईको भनाई छ । जनभावाना अनुसार स्थानीय स्तरमा स्थानीय सरोकारका बिषयहरुलाई उठान तथा समस्याहरुको सामधान गर्न पनि आफ्नो उम्मेदवारी र काँग्रेसलाई सामुहिक भावनाका साथ अघि बढाउने संकल्प लिएर आफु अगाडि बढेको उनले जनाए ।
कार्यकर्ता र पार्टीको चाहाना र तत्कालिन दमकको आवश्यकता नै आफ्नो उम्मेद्वारी रहेको अर्का सभापतिका उम्मेद्वार पर्शु रिजाल बताउछन् । नेपाली कांग्रेस दमकलाई एकताबद्ध बनाउन, नेपालि कांग्रेसलाई विधानत कार्यकर्ताको हितमा सगठन निर्माण र सबलिकरण गर्न पनि मेरो उम्मेद्वारी रहन्छ, रिजालले भने ।
हाल प्रमुख पतिपक्ष दलको हैसियतमा जुझारु पार्टीको रुपमा बिकास गर्दै ,नेकपा सरकार र स्थानीय सरकारको ज्यादतिको कडा रुपमा खबरदारी र सकारात्मक कार्यमा हैसियतका साथ सहकार्यता जनाई नगरबासीको पक्षमा काम गर्ने मेरो ध्यय छ, रिजाल भन्छन् । पार्टिमा बैचारिक नेतृत्व स्थापित गर्ने पनि उनको लक्ष्य रहेको छ।
