२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  झापाको दमकमा कोरोना संक्रमण समुदायमा फैलिएपछि र शब्जि बजारका केहि ब्याक्तिमा कोरोना संक्रमण देखिएपछि बन्द भएको शब्जि बजार विहिबार देखि खुला हुने भएको छ ।

शब्जि बजार बाहिर तरकारी तथा फलफुल विक्री गर्दा झनै कोरोना संक्रमण जोखिम बढेपछि नगरपालिकाले स्वास्थ्य सावधानी सहित शब्जि बजार खोल्ने निर्णय लिईएको वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

उनका अनुसार तरकारी तथा फलफुल ब्यवसाय सञ्चालन गर्दा ब्यवसायीले स्वास्थ्य सुरक्षा पुर्ण रुपमा पालना गरेको हुनुपर्नेछ । शब्जि बजारको एउटा गेटबाट प्रवेस गर्ने र अर्को गेटबाट निस्कने गरीको ब्यवस्थापन गरिने पनि थापाले बताएकाछन् ।

हामीले तरकारी तथा फलफुल ब्यवसाय लामो समय बन्द गरिरहदा आम उपभोक्ता र ब्यवसायीलाई पर्ने असर बुझेर नै यो निर्णय लिईएको हो, उनले भने । दमकमा कोरोना संक्रमण समुदायमा फैलिदो अवस्थामा रहेको छ ।

दमकमा लकडाउन र निषेधाज्ञा जारी रहेको छ । यद्यपी यसको पालना भने पुर्ण रुपमा भएको छैन । लकडाउन तथा निषेधाज्ञाको विकल्प खोज्न ब्यवसायीहरुको माग रहदै आएको छ ।

अब लकडाउन सधै गरेर हुन्न, यसको असरहरु देखिन थालेको छ , दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले भने ।  ब्यवसायी र उपभोक्ताले स्वास्थ्य सावधानी अपनाएर नियमित रुपमा गतिविधि बढाउनुपर्छ, श्रेष्ठले भने ।