झिलझिलेको मगर हत्या प्रकरण ! जे गरेर हुन्छ चाँडो अपराधि पत्ता लगाएर सार्वजनिक गर्नु पर्यो-एलपी साँवा
दमक/ शिवसताक्षी नगरपालिका वडा नं. ११ का २९ वर्षीय गोमनशिंह मगरको हत्या घटनाको बिषयमा संघीय साँसद एलपी साँवाले आफ्नो गम्भिर ध्यानकर्षण भएको बताएकाछन् । उनले यस्तो जघन्य घटनाको दोषीलाई तत्काल पत्ता लगाएर सार्वजनिक गर्न प्रशासन तथा सम्बन्धित निकायसंग माग राख्दै यस्तो बताएकाहुन् ।
सांसद साँवाले प्रहरी कार्यालयको करिब १ किलो मिटर दुरीमा हत्या घटना भएको भन्दै यो बिषय गम्भिर भएको पनि जनाएकाछन् । साँवाले जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णराज कोइराला समक्ष सबै शक्ति र उपाय प्रयोग गरेर चाँडो अपराधी पत्ता लगाउन आग्रह पनि गरेको बताईएको छ ।
मंगलबार साँझ घरबाट निस्किएका मगर राती अबेर सम्म पनि घर नआएपछि र सम्पर्क नभएपछि उनका आफन्त र छिमेकीले खोजी गरेका थिए । आफन्तले राती नै प्रहरीलाई खवर गरेको पनि जनाईएको छ । मगरको विभत्स शव पुर्व पश्चिम राजमार्गको झिलझिलेबाट करिव १ किलो मिटर उत्तर सताक्षीधाम जाने सडकको बुधबार नालामा भेटिएको थियो ।
उनले चलाउने प्रदेश ०१—०१२ प ५२२५ को मोटर साईकल शव फेला परेको स्थान देखी ५० मिटर घारिमा रहेको थियो । उनि गत माघमा मात्र बहाराइनबाट नेपाल आएका थिए । उनि बहाराईनमा सुरक्षा फौजमा कार्यरत रहेको परिवारले जनाएको छ ।
