कुशल प्रशासक दमकका पशुपतिराज खतिवडा ३१ बर्ष लामो सरकारी जागिरबाट सेवा निवृत
दमक/ झापा दमकका स्थायी बासिन्दा रहेका पशुपति खतिवडाले ३१ बर्ष लामो जागिरे जीवनबाट बिदा लिएकाछन् । उनि सेवा निवृत भएकाहुन् । दमक नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत भइसकेका उनि बिर्तामोड नगरपालिकाबाट बिदा भएकाहुन् ।
उपसचिब खतिवडाले जहाँ काम गरे त्यहाँ लोकप्रीयता कमाए । पछिल्लो समय दमक, इटहरी र बिर्तामोडमा रहदा उनले गरेका कामले अहिले पनि चर्चा पाईरहेकाछन् । दमकमा सडक चौडा बनाउन उनको योगदान ठुलो रहेको छ । दमकमा जन सहभागिता जुटाएर सडक चौडा बनाउने कार्यको थालनी उनिबाट भएको थियो ।
कुशल प्रशासकीय भूमिकामा पोख्त मानिने खतिवडालाई बिर्तामोड नगरपालिकाले शुक्रबार एक कार्यक्रमबीच बिदाई गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि नहुँदा उनले एउटा कुशल जनप्रतिनिधिकै रुपमा काम गरेको भन्दै दमकमा धेरैनै प्रशंशा भएको थियो ।
