संघीय साँसद एलपी साँवाले गरे सडक कालोपत्रे शिलन्यास
दमक/ संघीय साँसद एवं नेकपाका नेता एलपी साँवा लिम्बुले झापा गाँउपालिकाको खालिङ्गचौक राधावस्ति चौकबाट जित बहादुर कार्कीको घर सम्मको सडक खण्ड कालोपत्रेको शिलन्यास गरेकाछन् ।
उनले जनताको विकासप्रतिको चाहाना पुरा गर्न सरकार तथा आफु लागि परेको उनले सो अवसरमा जनाए । लिम्बुको पहलमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले २०७७ ०७८ मा निर्वाचन क्षेत्र विकासका लागि विनियोजित १० करोड मध्ये ५ करोड यहाँ लगानी हुने जनाईएको छ ।
साँवाले आफ्नो क्षेत्रमा भौतिक विसकामा निक्कै चासो दिदै आएकाछन् । सो कार्यक्रममा गाँउपालिका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तिदेवि बुढाथोकी लगायतको पनि उपस्थिति रहेको थियो ।
