नेपाली कांग्रेसका अग्रज एवम् सम्पूर्ण नेता कार्यकर्ताले जुन जिम्मेवारी दिनु हुन्छ त्यो जिम्मेवारी पूरा गर्न तयार छु-रोशन बिष्ट
नेपाली काँग्रेस दमकको नयाँ नेतृत्व चयनको बहस भइरहेकाबेला वर्तमान नगर सभापति युवा नेता रोशन बिष्टसंगको कुराकानी
नेपाली काँग्रेसको नगर अधिवेसनको चर्चा रहेको, यसको तयारी कस्तो हुँदैछ ?
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले पार्टी लाई जिवित राख्नको लागि वा संगठन लाई चलाएमान बनाउन को निम्ति पनि अधिबेशन जरुरी छ जस्को लागि नेपाली कांग्रेस केन्द्रिय समितिले अधिबेशन को तिथि मिथी तय गरि सकिएको अवस्था छ जुन आधार लाई टेकेर हाम्रो निकाय ले तयारी तिब्र गर्नु हाम्रो कर्तव्य हुनेछ । नगर अधिवेशनको तयारी त छ नैं । यसका लागि सवै वडा समितिहरु पनि क्रियाशिल छन् । हालैइ मात्र भाद्र २५ गते को बैठक बाट नया कृयाशिल सदस्यता को लागि १० वटा वडा हरु मा नया कृयाशिल सदस्य को नामावली सिफारिस गर्न पत्राचार गरिसकिएको छ ।वडा वाट सिफारिस भै आएका नामावली असोज ७ भित्रमा क्षेत्रमा तथा जिल्ला पठाइने छ । र पुर्ण रुप मा अधिबेशन को तयारी मा हामी छौ ।
अबको नेतृत्व बिषयमा छलफलहरु भएको पाइन्छ, तपाईले सर्वसम्मत बनाउने भन्दै आउनु भएको छ सम्भव छ ?
जहाँ सम्म सर्वसम्मतको कुरा छ, यो भयो भने त अत्यन्तै राम्रो । तर यो देशको इतिहास र लोकतन्त्रको बिरासत बोकेको जनताको प्यारो पार्टी भएकाले नेतृत्वका लागि तयार र सक्षम रहेका धेरै साथीहरु हुने कुरा त स्वभाविकनै भयो । नेतृत्व लिन कोहि पनि तयारनै भएन भने त त्यो पार्टी कहाँ जिवन्त रहन्छ र । तर को सभापति हुन्छ वा समितिमा को को रहन्छ भन्ने बारेमा अहिलेनै व्यक्तिमा जाने बेला भएको छैन । यो नगरमा हामी भन्दा धेरै वरिष्ठ अग्रजहरु हुनुहुन्छ । उहाँहरुकै खुन पसिनाले सिँचित पार्टी हो यो । अनि सयौं नेता कार्यकर्ताहरु पनि हुनुहुन्छ । उहाँहरु सवैको चाहना सर्वसम्मत नेतृत्व चयन गर्नेनै हो । सवैको चाहना उहि भएकाले सर्वसम्मतको सम्भावना छैन म भन्दिन । सर्वसम्मत नेतृत्व चयन हुन म भए ठिक अर्को भए हुन्न भन्ने भावना सवैले त्याग्न सक्यौं भने निश्चय पनि सम्भव छ ।
तपाई फेरी एकपटक दोर्याउने पनि चर्चा छ के हो वास्तविकता ?
हेर्नुस बिष्णु जि पुन पार्टी सभपती मा को जाने ? तपाईं दोहोर्याउने कि नदोर्होयाउने भन्ने कुरा हाम्रो जस्ता लोकतान्त्रिक र विशाल पार्टीमा एउटा व्यक्तिले तय गर्न सक्ने कुरा होईन फेरि म त सभापति भै सके अब मलाई यहि पद हुनु पर्छ यो मेरो जीकिर हुन्न । फेरि पार्टीको बिधान ले मलाइ रोकेको भने छैन । हिजो म नेविसंघको जिल्ला सभापति वा नगरको पार्टी सभापति हुँदै गर्दा मेरो एक्लो निर्णय र बलबुताले भएको होईन । तमाम नेता कार्यकर्ताहरुको साथ र पुराना पाका अग्रज हरुको सल्लाह बाट भएको हो वाहाहरुको चाहनाले यो सम्भव भएको हो । त्यसैले मलाई पार्टीले तथा नेपाली कांग्रेसका अग्रज एवम् सम्पूर्ण नेता कार्यकर्ताले जुन जिम्मेवारी दिनु हुन्छ त्यो जिम्मेवारी पूरा गर्न तयार छु । पार्टीको र अग्रज हरुकोनिर्णय एउटा जिम्मेवार कार्यकर्ताका लागि सधैं शिरोधार्य हुन्छ । र मेरो हकमा पनि त्यहि लागु हुने हो ।
नेपाली काँग्रेसले दमकमा दर्बिलो प्रतिपक्षी भूमिका निर्वाह नगरेको आरोप लाग्छ नी ?
जहाँ सम्म प्रतिपक्षीको भुमिकाको कुरा छ, संविधानलेनै स्थानीय तहमा प्रतिपक्षीको परिकल्पना गरेको छैन । संघ र प्रदेशमा मात्र संसदीय अभ्यास हुने र त्यहाँ मात्र सत्तापक्ष र प्रतिक्ष हुने व्यवस्था छ । त्यसैले स्थानीय सरकारमा संसदीय अभ्यास नरहेकाले को सत्ता र को प्रतिपक्ष भन्ने कुरानै रहँदैन । तर स्थानीय सरकारले गरेका गलत कामको बिरोध गर्ने र सहि कामको समर्थन गर्ने कुरा छ हामी दृढता पूर्वक लागि रहेका छौं । तपाई शिक्षा ऐनकै कुरा हेर्नु हाम्रै कारणले तजविज र आफु खुसी ल्याउन लागिएको ऐन रोकिएको छ । विकास निर्माण र जनजिविकाका सवालमा स्थानीय सरकार दर्विलो भएन भनेर हामीले हरेक फोरममा भनि रहेका छौं । बर्तमान परिस्थितिमा कोरना भाइरसका कारण लक डाउन हुँदा हाम्रो पार्टीले सबैभन्दा पहिला १५११११/ राहतका लागि लीएर नगर पालिका पुगेका छौ ।हामी रचनात्मक सहयोग गर्न चाहनन्छउ।बन्द , हडताल ,आगज्नि ,अबरोध गर्दा मत्र प्रतिपक्षीको भुमिका हुने भन्ने कसैको विचारमा छ भने त्यो गलत हो ।अज त्यो जमाना छैन हामी यो स्थानीय सरकारले गरेको गलत कर्यको भणडारफोर जनता सामु लैजान्छउ हामी यस्तो अवस्थामा छौ कि हामी निति निर्माण तह वा नगरसभा सम्म पुगेर प्रतिपक्षी भुमिका निर्वाह गर्न सक्ने अवस्थामा छैनौं ।जनताले हामी लाइ दिएको भुमिका हामी स्वीकार छौ चुनाव के कारणले हारियो एउटा समिक्षाको बिषय होला । तर चुनावी नतिजा हाम्रो पक्षमा नरहे पछि हामीले उपयोग गर्ने भनेकै अनौपचारीक स्टेज, मैदान, सञ्चार माध्यम आदिबाट हो त्यो गरि रहेकै छौं । दमकको हकमा स्थानीय सरकारलाई यदि कसैले चेक एण्ड व्यालेन्समा राखि रहेको छ भने त्यो कांग्रेसले राखेको छ । योा कुरा सवै नगरबासीले बुझ्नु् भएको छ भन्ने मेरो ठम्याई हो ।
